नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे सचिवालय बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी दिए । सचिवालय बैठकमा नागरिकता विधेयकबारे छलफल हुने बुझिएको छ ।

यस अघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।

दुबै नेताले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग पनि परामर्श गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्