कारोना संक्रमित बढेसँगै अनिश्चितकालकालागि डडेल्धुरामा निषेधाज्ञा

डडेलधुरा – डडेलधुरामा आज दिउँसो तीन बजेदेखी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ ।

कोरना भाईरसको संक्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सुचना जारी नहुन्जेलसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा लागु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले बताए ।

लकडाउन खुकुलो भएसँगै डडेल्धुरा बजारमा मानिसको आवतजावत बढेको र भिडभाड हुन थालेपछि कोरना भाईरसको संक्रमण हुनसक्ने र जोखिम न्यूनिकरणका लागि निषेधाज्ञा लागु गरिएको हो ।

जिल्लाभर अत्यावश्यकीय यातायातका सवारीसाधनलाई भने संचालन गर्न दिइएको छ । व्यापार व्यवसाय बन्द गरिएको पनि सरकारी तथा गैरसरकारी कार्यालय भने खुला रहने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेश दत्त ओझाले बताए ।

परिक्षणको रिपोर्ट नआउँदै घर गएकाहरु कोरना भाईरसको संक्रमण देखिएपछि समुदायस्तरमा कोरना भाईरसको संक्रमण हुनसक्ने भन्दै जिल्लामा त्रास देखिएको छ । डडेल्धुरामा हालसम्म १२८ जनामा कोरना संक्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्