नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरुबीच भिडियो कन्फरेन्स

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच पार्टी सञ्चालनबारे अनुभव आदान प्रदान हुने भएको छ । शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुई पार्टीका नेताहरुबीच छलफल हुन लागेको हो ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी हुनेछन् । नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन् । पोखरेल नेकपामा स्कुल विभाग प्रमुख पनि हुन् ।

त्यसैगरी चीनको राजधानी बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी हुनेछन् । नेकपाका स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलका अनुसार दुई देशको सम्बन्ध, पार्टी सञ्चालन, समाजवाद, विकासका मोडल, क्रस बोर्डर कनेक्टीभिटी लगायतका विषयमा कुराकानी र भैरहेका कामका अनुभव आदान प्रदान गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्