दार्चुलाको मार्मामा भारतबाट फर्किएका एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब धनगढी पठाइयो

सांकेतिक तस्बिर

गणेशसिंह धामी
दार्चुला – एक हप्ता अघि भारतबाट फर्किएका मार्मा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ ।
मार्मा गाउँपालिका वडा नं. ३ का २९ वर्षीया लोकेन्द्रसिंह धामीको मृत्यु भएको स्वास्थ्य संयोजक चक्रसिंह धामीले जानकारी दिए । उनी कैलालीको गौरीफन्टा नाकाबाट जेठ २९ गते मार्मा पुगेका थिए ।

संयोजक धामीका अनुसार जेठ २९ गते मार्मा गाउँपालिका पुगेको र एक दिन क्वारेन्टाइनमा समेत बसेका थिए । धामीको मानसिक स्थिति सन्तुलन नभएको, खाना नखाने तथा नबोल्ने समस्या देखिएकाले उपचारका लागि भन्दै उनका आफन्तले घर लगेको स्वास्थ्य संयोजक धामीको भनाई छ । भारतबाट आएकाले घरमा पनि छुट्टै बस्ने व्यवस्था मिलाउन अनुरोध गरेको उनको भनाई छ ।

कोरोना संक्रमणका कारण ज्यान गएको हुन सक्ने आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि शुक्रबार घनगढी पठाइएको स्वास्थ्य संयोजक धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्