गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् ।

पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

थपिएका संक्रमित सबैजना भारतबाट फर्किएका हुन् । सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले. जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुग्दा २२ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्