नेपालगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर

नेपालगञ्ज – कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो । साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

लम्कीचुहाका मेयर महादेव बजगाईँका अनुसार मृतक महिला केही समयदेखि बिरामी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्