विदेशमा रहेका नेपालीहरुको निःशुल्क उद्धार गर्न सांसदहरुको माग

File Photo

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले क्वारेन्टाइन व्यवस्थापन देखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराए ।

स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराउदै सासंदहरुले दुव्र्यसन र लागु औषधले लिप्त भएर बसिरहेका युवाहरुलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्ने तर्फ गृहमन्त्रालयको ध्यान जानुपर्ने बताए । मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीगर्न माग गर्दै ससांसदहरुले महिलाहरुका लागी आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टाइनमा राख्ने व्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरु आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरु क्वारेन्टाइनमा रहेको भन्दै सांसदहरुले पीसीआर परीक्षणमा ढिलाइ भएको हुदा नागरिकहरुले दुख पाईरहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्