कोरोना भाइरसबाट प्रदेश २ सबै भन्दा बढी प्रभावित, रौतहटमा मात्रै ९२१ जना संक्रमित

काठमाडौं – कोभिड–१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा संक्रमितको संख्या २५ सय नजिक पुगेको छ ।

त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा संक्रमितको संख्या हालसम्म २४ सय ६५ पुगेको छ ।

यो संख्या झण्डै प्रदेश १, बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सवैको जोडेर हुने संख्या बराबर हो । प्रदेशको रौतहट जिल्लामा मात्र कोरोना सन्क्रमितको संख्या ९ सय २१ पुगेको छ ।

अझै पनि २ हजार ३ सय ३६ जनाको पिसिआर रिपोर्ट आउन बाकी छ । हिजो मात्रै ५२ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म २ सय ४० जना निको भएर घर फर्केको गौर अस्पतालले जनाएको छ । हालसम्म मनाङ, मुस्ताङ, रसुवा र ओखलढुंगा बाहेकका ७३ जिल्लामा संक्रमण फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्