दार्चुलामा १५ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

गणेशसिंह धामी
दार्चुला – महाकाली नगरपालिका‐४ आर्मीगेट अगाडी एक बालिका आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीका अनुसार महाकाली नगरपालिका वडा नम्बर ४ का १५ वर्षिया बालिका रेनु बम आफ्नै घरको कोठामा रहेको पंखा झुण्ड्याउने हुकमा दोपट्टाको पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीको नेतृत्वमा घट्ना स्थलमा खटिएको प्रहरी टोलीले घट्ना स्थलको मुचुल्का तयार पारी मृतक बमको शव पासोबाट निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगेको छ । १५ वर्षिय बालिका झुण्डिएको अवस्थामा मृत फेला परेको घट्नाबारे अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक एवं सुचना अधिकारी जोशीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्