कांग्रेस दार्चुलाद्वारा प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र

गणेशसिंह धामी
दार्चुला – नेपाली कांग्रेस दार्चुलाले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले दार्चुला कोरोनाको उच्च जोखिममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्न १४ बुँद्धे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेस दार्चुलाका पार्टी सभापति ललितसि‌ंह बोहराद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपाली कांग्रेसको निरन्तरको सहयोग, सिमित स्रोत र साधनका वावजुत पनि स्वास्थ्यकर्मीहरुको अग्रपंक्तिमा खटाई, सञ्चारमाध्यम, नागरिक समाज र आम जनताको खबरदारी र साथ सहयोगको अनुकुलताको वावजुतपनि सरकारको अकर्मण्यता, असक्षमता र असम्वेदनशिलताका कारण कोरोना बिरुद्धको लडाइमा अनपेक्षित क्षति बेहोर्नुपरेको जनाइएको छ ।

प्रमुख प्रतिपक्षको साथ समर्थनका बावजुत पनि सरकार कोरोना भाइरसको महामारी नियन्त्रण गर्न, देश र जनतालाई विपदबाट सुरक्षित राख्न पूर्ण रुपले असफल देखिएको काग्रेसको आरोप छ । काग्रेस दार्चुलाले पीसीआर विधिबाट कोरोना परीक्षण बढाउन समेत अनुरोध गरेको दार्चुलाका नेबिसंघ अध्यक्ष रमेश भट्टले जानकारी दिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्