दार्चुलाको रानीशिखरकी जयन्ती ठगुन्नाको जीवन रक्षाको लागि सहयोग अपिल

गणेशसिंह धामी

दार्चुला – गाउँ निर्माणमा हाम्रो पहल अभियान रानीशिखरले जयन्ती ठगुन्नाको जीवन रक्षाको लागि सहयोगको अपिल गरेको छ ।

जयतन्ती बाख्रा चराउने क्रममा ढुङ्गा खसेर दुई वटै खुट्टा र हात भाँचिएर गम्भीर घाइते भएकी छिन् । उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । शैल्यशिखर नगरपालिका–४ रानिशिखरका अर्जुनसिंह ठगुन्नाकी छोरी जयन्ती ठगुन्नाको उपचारका लागि ‘गाउँ निर्माणमा हाम्रो पहल’ अभियान रानिशिखरले आर्थिक सहयोग संकलन गरिरहेको छ ।

शैल्यशिखर नगरपालिका–४ मा रहेको जङ्गलमा बाख्रा चराइरहेका बेला जेठ १६ गते ढुङ्गाले लागेर दुवै खुट्टा, हात र टाउकोमा चोट लागि गम्भीर घाइते भएकी १४ वर्षीय जयन्तीको उपचारका लागि अहिलेसम्म समाजिक संन्जाल बाट दुई लाख आर्थिक सहयोग संकलन भएको उक्त अभियानका संस्थापक सदस्य बिष्णुसिंह बोहराले उपहार खबरलाई जानकारी दिए ।

घाइते बालिकाको उपचारमा १० लाख भन्दा माथी रकम खर्च हुन सक्ने बोहराले बताए । उनको परिवारको आर्थिक अवस्था निक्कै नै कमजोर भएका कारण आफुहरूले सामाजिक संजालबाट सहयोग आह्वान गरेको “गाउँ निर्माणमा हाम्रो पहल” अभियानका संस्थापक सदस्य बिष्णु बोहराले बताए ।

सेती अञ्चल अस्पतालमा उपचार सम्भव नभए पछि घाइते लाई काठमाडौ रिफर गर्ने तयारी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्