अर्घाखाँचीको क्वारेन्टाइनमा एक पुरुषले गरे आत्महत्या

बुटवल – अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताए ।

उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्