प्रधानसेनापति थापा र सशस्त्र प्रहरीका आईजीपी खनाल दार्चुलाको सीमा क्षेत्रमा

काठमाडौं – लिपुलेक लिम्पियाधुराको भौगोलिक अवलोकनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु गएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु अहिले विहान छाङरु गएका हुन्।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्ने उनीहरुको तयारी छ ।

उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलका लागि प्रस्थान गर्नु भएको छ ।’ यद्यपि, मौसममा समस्या आए सेनाको हेलिकोप्टर छाङरुसम्म जान नसक्ने भ्रमण टोलीका एक सदस्यले बताए ।

अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्