पेले, म्यारोडोना र रोनाल्डिन्हो एउटै टोलीबाट पहिलो पटक फुटबल खेल्ने

काठमाडौं- विश्व फुटबलका चर्चित हस्तीहरु पेले, म्यारोडोना र रोनाल्डिन्होले एउटै टोलीबाट पहिलो पटक फुटबल खेल्न लागेका छन् । फिफाले आयोजना गर्न लागेको सकर एड विश्व एघार टोलीबाट यी तिन जनालाई एउटै टोलीमा समावेश गरी फुटबल खेलाउन लागेको हो । तर यी हस्तीहरु आफैं मैदानमा उत्रने भन्दा पनि फिफाले उनीहरुको हु-बहु मैन आकृतीलाई भिडियो गेमको मैदानमा उतार्दै छ ।

उनीहरुसंगै अन्य चर्चित फुटबल खेलाडीहरु जिनेदान जिदान, रोबर्टो कार्लोस, एलन सेरर पनि पेलेकै टोलीमा हुनेछन् । कोभिड-१९ को महामारीबाट प्रभावित भएका बालबालिकाहरुसम्म सहयोग पुर्याउन यूनिसेफको सहकार्यमा फिफाले भर्चुअल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्