आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित भारी वर्षाको सम्भावना

सांकेतिक तस्बिर

नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेकोले देशका अधिकाँश स्थानमा बर्षा भैरहेको छ। हिजोबाट नै म्याग्दी, तनहुं, काभ्रे काठमाण्डौं, सिन्धुली लगायतका स्थानहरूमा  वर्षा भईरहेको छ । आज सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै  केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले नदिमा पानीको वहाव बढ्ने र पहिरो समेत जानसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्