कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।
सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ ।
प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ । गत बर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो ।