सिक्का बनाउने मेसिन अलपत्र

काठमाडौँ – धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महत्वका ती मेसिनमा घाम र पानीले क्षति पु¥याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखालाई बबरमहलस्थित नेपाल औषधि कम्पनी लिमिटेडको भवनमा स्थानान्तरण गरिए पनि मेसिन नसारिएपछि अलपत्र परेका हुन् । धरहरा निर्माणको क्रममा टक्सार कार्यालय रहेको भवन भत्काइएपछि सिक्का टङ्कन गर्ने करिब ७० वटा मेसिन छ महिनादेखि खुला आकाशमुनि छन् । करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन अहिले असुरक्षित छन् ।

ती मेसिनको व्यवस्थापन हुन नसक्दा टक्सारले विगत लामो समयदेखि निष्कासन गर्दै आएका चलनचल्तीका सिक्का तथा तक्माहरू टङ्कन गर्ने काममा समेत अवरोध भएको छ । मेसिनहरूमध्ये अहिले ५० वटा सञ्चालन गर्न सक्ने अवस्थामा छन् भने बाँकीलाई मर्मतपछि मात्र सुचारु गर्न सकिने अवस्थामा छन् । बिग्रेका मेसिनको मर्मत गर्न पाँच करोड रुपियाँ विनियोजन गरिएको छ ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आवश्यक तयारीको अभावमा मेसिन स्थानान्तरण हुन नसकेको बताउनुभयो । टक्सार महाशाखा सञ्चालनमा आउन नसक्दा सातवटै प्रदेशको चिनारी झल्किने गरी निष्कासन गर्न लागिएको टकमरी सिक्का छाप्ने काम पनि अगाडि बढ्न सकेको छैन । राणा शासनकालमा सुन्दरीजल, नक्खु, घट्टेकुलो र काठमाडौँबाहेक पाल्पा, गुल्मीलगायतका स्थानबाट सिक्का टङ्कन हुन्थ्यो । त्यसपछि सुन्धाराको धरहरा नजिक टक्सार विभाग गठन गरी सिक्का निष्कासनको काम सुरु गरिएको थियो । गोरखात्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्