सुदूरपश्चिममा २६ जना कोरोना संक्रमितलाई परीक्षण विना नै डिस्चार्ज

डोटी – कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिम विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ ।

१४ दिन आइसोलेसनमा बिताएका र उनीहरुमा कुनै पनि प्रकारको लक्षण नदेखिएकोले नयाँ निर्देशिका अनुसार सात दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसअघि संक्रमितलाई दुई पटक लगातार पिसिआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्