फल्ने बेलाको धानमा ट्याक्टर र आगो लगाउन किसान बाध्य

चितवन – पूर्वी चितवनका किसानले फल्ने बेलाको धानबाली खेतमै ट्याक्टर लगाएर नष्ट गरेका छन् । काट्नेबेलाको धानमा रोग लाग्न थालेपछि धानखेतमै ट्याक्टर चलाएर नष्ट गर्नुपरेको किसानहरु बताउँछन् ।

राप्ती नगरपालिका वडा नम्बर ४ वेलुका किसानले फल्दै गरेको धान रोगले नष्ट गरेपछि बाध्य भएर ट्याक्टर लगाएको बताउछन् । हेर्दा लहलह फलेको जस्तो देखिएपनि बालामा चामल नरहेको स्थानीय किसान बताउछन् ।

राप्ती वेलुका किसान कमल प्रसाद तिवारीले ट्याक्टर लगाएर फल्ने बेलाको धानखेत जोतेका छन् । जीवनमा पहिलो पटक काट्ने बेलाको धान खेतमै नष्ट गर्नु पर्ने अवस्था आएको तिवारीले बताए । यसैगरी धानका बोटमा चामलका दाना नभएपछि केही किसानले धान खेतमा आगो लगाएका छन् । पूर्वी चितवनमा हर्दिनाथ नामक धानमा झुलेपछि समस्या देखिएको हो । कृषि प्राविधिकहरुले भने नेक व्लास्ट नामक रोगले धानमा क्षती पुर्याएको हुन सक्ने जानकारी दिएका छन् । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्