जोर विजोर प्रणालीमा कडाई

काठमाडौं – उपत्यका लगायत देशभर आजबाट जोरविजोर प्रणालीलाइ पनि कडाइका साथ लागु गरिएको छ । आज बिजोर नम्बर प्लेटका निजी सवारी साधन मात्र चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ ।

आजबाट दुई पाङ्गरे सवारी साधनमा पनि जोर बिजोरप्रणाली लागु हुनेछ र २ जना सवार गर्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निजी ४ पाङ्गरे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् ।

जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने व्यवस्था भएको महाशाखाले जनाएको छ । लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागु गरिएको तर पास लिएका सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागु नहुने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्