प्रदेश सरकारले आगामी वर्षको बजेट आज सार्वजनिक गर्दै

काठमाडौं – प्रदेश सरकारले आगामी वर्षको आय(व्ययको अनुमानित बिबरण बजेट आज सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारहरुले आज बजेट ल्याउने कार्यक्रम छ ।

कोभिड १९ को महामारीका बेला ल्याउनु पर्ने बजेटको तयारी सातवटै प्रदेश सरकारले पूरा गरीसकेका छन् । प्रदेश सरकारहरुले नीति तथा कार्यक्रम मार्फत् भौतिक निर्माण र आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउने घोषणा गरेका छन् ।

प्रदेश सरकारहरुको तयारी अनुसार केहीले बजेटको आकार गत बर्ष भन्दा बढाउने तयारी गरेका छन् भने केहीले संघीय सरकारको अनुदान र आन्तरिक राजस्वसमेत खुम्चने अवस्थामा घटाउने अवस्था छ । संघीय सरकारले भने गत आर्थिक बर्षको भन्दा सानो आकारको बजेट सार्वजनिक गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्