रोल्पा र रुकुममा मगर समुदायको पर्व भूम्या आज मनाईंदै

रोल्पा – रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा मगर समुदायले मनाउने भूम्या पर्व आज मनाईंदैछ । यो पर्वमा विशेषगरी जमीनको पुजा गरिन्छ ।

वर्षेनी प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनु भनेको भूमि देवता रिसाएर भएको हो भन्ने मान्यताका साथ भूमीको पुजा गर्ने चलन छ । भूमि देवता खुसी भएर प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्वको सुरुवात गरिएको स्थानीयको भनाई छ ।

यो पर्वमा युवा युवती, बुढाबुढी हजारौं व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिने भएपनि यस वर्ष कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम राखिएको छैन् ।

वसन्त ऋतुमा विवाह गर्ने जोडिको दामपत्य जीवन सधैं सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न यो पर्वको शुरुवात गरिएको मगर अगुवाहरुको भनाई छ । यसैबीच भुम्या पर्वको अवसरमा प्रदेश नम्बर ५ सरकारले रोल्पा र रुकुम पूर्वमा आज सार्वजनिक विदा दिएको छ । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्