कोभिड-१९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक ३ दिने प्रशिक्षण कार्यक्रम काभ्रेमा सुरु

सुशील सुवेदी

सिन्धुपाल्चोक – कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक ३ दिने प्रशिक्षण कार्यक्रम आजबाट मन्डन देउपुर नगरपालिकामा सुरु भएको छ । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले आफू सुरक्षित भएर स्वास्थकर्मिहरुले आफ्नो काम गर्न पर्ने बताए । उनले नआत्तिन तर सतर्कता अपनाउन स्वास्थ्यकर्मी हरुलाइ आग्रह गरे । पहिला आफु बच्ने उपायहरु अपनाएर मात्र अरुलाइ बचाउन अगाडि बढ्नुपर्ने प्रमुख तामाङको भनाइ छ । प्रशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मिहरुले अपनाउन पर्ने साबधानीको बारेमा जानकारी दिइएको थियो । स्वास्थ साधन जस्तै माक्स, पन्जा , पि पि इ सेट लगाउदा ध्यान दिनुपर्ने कुराहरु र लगाउने तरिकाको बारेमा धुलिखेल अस्पतालका डाक्टर मनोज अधिकारी र सन्जय कुमार शाहले सहजिकरण गरेका थिए । कार्यक्रममा २० जना भन्दा बढि स्वास्थकर्मिहरु उपस्थित भएका थिए । कार्यक्रम मन्डन्देउपुर र नगरपालिका र इको हिमालकोे साझेदारिमा सन्चालन भएकाे हाे । कार्यक्रम ३ दिन सम्म चल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्