बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बैंकहरु खोल्नु नपर्ने

FILE PHOTO

काठमाडौं – बैंकलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न बाध्य नपारिने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम बिहानदेखि बेलुकीसम्मै बैंक खुला नगरी साविकको कार्यालय समयबमोजिम नै बैंक सञ्चालन गर्न सक्ने जनाएको हो ।

तर, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको धेरै भिडभाड हुने शाखाहरुका लागि दुई सिफ्टमा काम गर्ने वातावरण मिलाउने छुट भने दिएको छ ।

तर, बैंकहरुले आफ्नो बैंकमा आउने ग्राहकको लाइनमा दूरी कायम गर्नुपर्ने तथा अन्य आवश्यक स्वास्थ्य सुरक्षाको सतर्कताको व्यवस्था भने अनिवार्य रुपमा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै, बैंकमा सकेसम्म भिडभाड हुन नदिन विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न निर्देशन समेत दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्