आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओ‌लीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ । आजको बैठकमा एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि स्थायी कमिटी सदस्य भीम रावल, अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्