पर्वतमा पहिरोले २ घर बगाउँदा ३ जनाको मृत्यु, ६ जना बेपत्ता

पर्वत – पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे वर्षाका कारण कुश्मा नगरपालिका–३ दुर्लुङका २ घर बगाएको हो भने आधा दर्जन घर जोखिममा रहेकाछन् ।

पहिरोमा पुरिएर अन्दाजी ६० बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा र उनकी नातिनी ९ बर्षिया दिवीसा थापा शव फेला परेको छ । अन्यको खोजी कार्य जारी रहेको छ । वर्षा भइरहेका कारण खोजी कार्यमा समस्या परेको छ ।

बर्षाका कारण गाउँमा धेरै क्षति भएको र थप बर्षा भएमा पहिरो नजिकका आधा दर्जन घर जोखिममा छन् । गाउँमा अन्य घर र तथा गोठ भत्केको जानकारी आएपनि मानवीय क्षतिको बिबरण नआएको बताइएको छ । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्