वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिक मृत भेटिए

सांकेतिक तस्बिर

काठमाडौं – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् ।

अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । उनको छातीमा गोली लागेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टका अनुसार मध्यरातिको घटना हो एसएलआरबाट आफैंले गोली चलाए जस्तो देखिएको छ ।

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ । हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्