ओमनस्थित नेपाली दूतावासले सरकारले तोकेको भन्दा २५ हजार सस्तो भाडामा नेपालीहरुलाई पठाउने

काठमाडौँ – सरकारले तोकेको भाडादर भन्दा २५ हजार रूपैयाँ सस्तोमा ओमनस्थित नेपाली दूतावासले नागरिकलाई नेपाल पठाउने भएको छ ।

दुतावासले सूचना जारी गर्दै नेपाल फर्कन चाहनेका लागि भाडा दर ११५ ओमनी रियल (करिब ३६ हजार रुपैयाँ) तोकेको छ ।

’दूतावासमा विभिन्न माध्यमबाट नाम टिपाउनु भएकामध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन १५ मा सलाम एअर मार्फत हुने गरी तय भएको छ । जसको शुल्क ११५ ओमनी रियल तोकिएको छ,’ सूचनामा भनिएको छ ।

सरकारले विभिन्न देशबाट उद्धार उडानमार्फत स्वदेश आउनेका लागि भाडा तोकेको छ । जसमा ओमनको लागि ५१० अमेरिकी डलर अर्थात् करिब ६१ हजार रूपैयाँ तोकिएको छ । यसरी ओमनबाट नेपाल आउन चाहनेका लागि दूतावासले सात दिनभित्रको अनिवार्य कोरोनाको पिसिआर विधिबाट गरिएको नेगेटिभ रिपोर्ट पेश गर्न भनेको छ । नेगेटिभ नतिजा आएकाहरू नेपाल आएपछि सिधै होम क्वारेन्टिनमा जान सकिने भनिएको छ । सरकारले कोरोना भाइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका र स्वदेश आउन चाहने नेपालीहरूलाई उद्धार गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्