गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, कुल संख्या १८८ पुग्यो

काठमाडौं – गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । संक्रमितहरु सबै पुरुष हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्