सुदूरपश्चिममा ६ जना संक्रमित थपिए, कुल १६४, कुन जिल्लामा कति ?

कैलाली – सुदूरपश्चिममा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकामा २२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या १ सय ६४ पुगेको छ । अहिले सम्म कैलालीका ६०, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्