सिन्धुपाल्चोकका थप एक युवामा कोरोना संक्रमण, संक्रमितको संख्या तीन पुग्यो

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको क्षेत्रीय क्वारेन्टाइनमा रहेका एक युवामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिका घर भएका २० वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमण हुने तीन पुगेका छन् भने एक जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

क्वारेन्टाइनमा राखिएको उनीहरुको यही २१ गते स्वाब संकलन गरेर परीक्षण गर्दा पीसीआर पोजेटिभ आएको हो । जनस्वास्थ्य अधिकृत दुर्गादत चाँपागाइले मेलम्चीको रिभर रिसोर्टमा सञ्चालित क्वारेन्टाइनमा बसेका ती युवामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

उनी गत १४ गते नगरकोटबाट इन्द्रावती गाउँपालिकाले पठाएको बोलेरोमा जिल्ला आएका थिए । दिदी भाइ दुइजना आएकामा भाइलाई संक्रमण भएको हो । उनीहरु दुई महिनाअघि भारतबाट नेपालगञ्ज नाका हुँदै आएको र विभिन्न जिल्लामा बसेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्