कोरोना विशेष अस्पताल बेलझुण्डीबाट दाङका ७ जना डिस्चार्ज

दिपक वली
दाङ – दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट दाङका ७ जना डिस्चार्ज भएका छन् । घोराही उपमहानगर र लमही नगरपालिकाका गरी ७ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ । घोराही १० का ४० बर्षीय पुरुष, घोराही १८ का २४ र २५ बर्षीय पुरुष र लमही–१ का २६ बर्षीय पुरुष, लमही–४ का २६ बर्षीय पुरुष, लमही–५ की २० बर्षीय महिला र लमही–६ का १८ बर्षीय पुरुषलाई बुधवार १ बजेतिर डिस्चार्ज गरेको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले बताए ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए । ‘स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गरेको दिन उहाँहरुको स्वाब संकलन गरिएको थियो,’ उनले भने ,‘उहाँहरुको रिर्पाेट नेगेटिभ आएपछि ग्रीन जोनमा राखिएको थियो, तर उहाँहरु अस्पताल आएको आज १४ दिन पुगेपछि डिस्चार्ज गरिएको हो । ’

अहिले अस्पतालमा पूर्व रुकुमका ३ जना , प्युठानका १ जना र दाङका ३३ जना कोरोना संक्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको ब्यवस्थापक वलीले बताए । यो संगै अस्पतालबाट दाङलगायत अन्य जिल्लाका ३२ जना डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्