आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

सांकेतिक तस्बिर

अछाम – जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार बिहान बयलपाटा अस्पतालको आकस्मिक कक्षअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीको मृत्यु भएको हो ।

हेलिकप्टरबाट उद्धार गरेर सोमबार दिउँसो नै कोहलपुर उपचारका लागि लगिए पनि उपचारकै क्रममा मृत्यु भएको खबर आएको साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्टले जानकारी दिए । अस्पतालको सरसफाइ कर्मचारीको रुपमा मृतक डेढ वर्षदेखि कार्यरत थिए । अस्पतालमा आर्थिक सङ्कट परेको भन्दै सिद्धान्तलगायत ३२ जना कर्मचारीलाई करार सम्झौता नगरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्