दार्चुलामा १० जना कोरोना संक्रमित थपिए, शैल्यशिखरमा ८, लेकम र महाकालीमा १/१ जना

गणेशसि‌ह धामी 

काठमाडौँ – दार्चुलामा १० जना कोरोना संक्रमित थपिएका छन्
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ३ स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेकम गाउँपालिकाका १ जना, महाकाली नगरपालिकाका १ जना र शैल्यशिखर नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । लेकमका ४२ वर्षीया पुरुष, महाकाली नगरपालिकाका २८ वर्षीया पुरुष र शैल्य शिखर नगरपालिकाका १७ देखि ३४ वर्ष उमेर समुहका पुरुषहरुमा कोरोना संक्रमण देखिएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्