सुनचाँदीको कारोबार खुला, तोलामा १० हजारले महँगियो सुन

काठमाडौं – चैत ८बाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोलामा करिब १० हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्