कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना डिस्चार्ज

दाङ – कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए ।

सबैलाई आइतबार नै सम्बन्धित ठाउँमा पठाइसकिएको उनले बताए । कोरोना विशेष अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना बाँकी रहेका छन् । बाँकी सबैको अवस्था सामान्य रहेको पनि वलीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्