भरतपुर अस्पतालको आइसीयुमा भर्ना भएका एक युवकको मृत्यु

चितवन – भारतबाट आएर चितवनको भरतपुर अस्पताल भर्ना गरिएका एक २७ वर्षिया युवकको मृत्यु भएको छ ।
माडी नगरपालिकाका ती युवकको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्