३ लाख घुस सहित वडा अध्यक्ष पक्राउ

बुटवल – एक वडा अध्यक्ष ३ लाख घुस सहित पक्राउ परेका छ्न ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ३ लाख घुससहित पक्राउ गरेको हो ।

वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग घुस लिएको अख्तियारले जनाएको छ । सो घुसबापतको रकम लिँदै गरेको अवस्थामा पुनलाई शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्