नेपाल आउनको लागि युएईको सारजहा विमानस्थल पुगे नेपालीहरु

यूएई – कोरोना भाइरसको महामारीको लकडाउनका कारण यूएईमा समस्यामा परेकामध्ये १४६ जना नेपाली यहाँको सारजहा विमानस्थल पुगेका छन् ।

नेपाल सरकारले विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने निर्णय गरे अनुरुप यूएईमा समस्यामा परेका उनीहरु नेपाल फर्किने आशा सहित विमानस्थल पुगेका हुन् । नेपाली समय अनुसार शुक्रबार दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण हुने गरी सारजहाबाट विमान उड्ने भनिएपनि पनि प्राविधिक समस्याका कारण समयमा उडान हुन सकेन ।

विमान भाडा सम्बन्धी विषयमा समस्या भएपछि उडान अनिश्चित बनेको थियो तर अहिले समझदारी भइसकेको छ र यूएईमा नेपालीको बोर्डिङ पास पनि भइसकेको जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्