म्यानमारबाट आएका नेपालीहरु काठमाडौँ पुगे, सेनाको टोलीले होल्डिङ सेन्टरमा लग्यो

काठमाडौं – म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपालीहरु काठमाडौँ आइपुगेका छन् । नेपालीहरुलाई विदेशबाट फर्काउने अभियान अन्तरगत उनीहरुर्ला पहिलो लटमा नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याएको त्यस जहाजले नेपालबाट ४३ जनालाई लिएर फर्कँदैछ । जसमा ४१ जना बर्मेली नागरिक रहेका छन् भने २ जना नेपाली नागरिक रहेका छन् । नेपाल फिरेकालाई नेपाली सेनाको टोलीले होल्डिङ सेन्टरमा लगेको छ । विदेशबाट आएका नेपालीको सुरुवाती व्यवस्थापन नेपाली सेनाले गर्ने जिम्मा पाएको छ ।

शुक्रबारै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्