म्यानमारबाट नेपाली लिएर जहाज काठामाडौँ तर्फ उड्यो

काठमाडौँ – म्यानमारमा रहेका २६ जना नेपाली नागरिक आज नेपाल आउँदैछन् । म्यानमारबाट नेपाली यात्रु बोकेको जहाज उडसिकेको र जहाज मध्यान्न करीब १२ बजे नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल कार्यालयले जनाएको छ ।

म्यानमारको सेनाको एयरफोर्स जहाजमार्फत आज विहान १० बजे नेपाल आइपुग्ने तय भएको भए पनि मौसमका कारण केही ढिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । फर्कने बेला त्यस जहाजले बर्मेली नागरिक लिएर जानेछ ।
यसैबीच युएइबाट ल्याइने नेपाली नागरिकको बारेमा भने अन्यौल भएको छ । युएईको सारजहाँबाट एयर अरेबियाको जहाजबाट आज १६८ जना नेपाल आउने यसअघि तय भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्