भारतबाट लुकिछिपि आउनेको संख्या घट्यो

काठमाडौँ – भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, “अहिले भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि नेपाल–भारत सीमामा २० वटा नाका खुलाइएको छ । खुला सिमाना रहेका भारतसँग यसअघि एक सयभन्दा बढी औपचारिक प्रवेश बिन्दु रहेकोमा मुलुकमा बन्दाबन्दी सुरु भएसँगै अत्यावश्यकीय वस्तुको ढुवानी गर्नुबाहेक सीमा बन्द गरिएको थियो । ”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्