पुरानै पासमा जेठ ३२ गतेसम्म सवारी चलाउन पाइने ।

गणेश सिंह धामी

दार्चुला – सरकारले जेठ ३२ गतेसम्म थप गरेको लकडाउन अवधिमा सवारी धनीले पुरानै सवारी पासमा सवारी साधन चलाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबारसम्म म्याद रहेका अत्यावश्यक कार्यमा प्रयोग हुने सवारी साधनहरुको म्याद जेठ ३२ गतेसम्म स्वत नविकरण हुने सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले खाद्यान्न, औषधी, तरकारी, फलफुल, दुध, पानी, अण्डा, कुखुरा, कृषि सामग्री, पशुपन्छिका दाना, निर्माण सामाग्री, पेट्रोलियम पदार्थको ढुवानीको लागि यसअघि सवारी पास उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलद्धारा हस्ताक्षरित सूचनामा पुरानै प्रयोजनका लागि ३२ गतेसम्म स्वतः म्याद थप हुने तर सवारी अनुमतिको प्रयोजन परिवर्तन गर्नुपर्नेमा भने नयाँ अनूमित लिनुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्