भारतबाट आएर मेलम्ची क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोना संक्रमण

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती–१० का २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीसहित भारतबाट अन्य १८ जना जेठ १२ गते चौतारा आएका थिए ।

स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई जेठ १३ गते मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टाइन्मा राख्ने भएपछि मेलम्ची पठाइएको थियो । उनीहरुको जेठ १७ गते आरडीटी प्रविधिमार्फत परीक्षण गर्दा ती युवकको पोजेटिभ रिपोर्ट आएको थियो । सो पश्चात तत्काल १८ गते स्वाब संकलन गरी परीक्षण गर्न टेकुुु प्रयोगशाला पठाइएको थियो ।

उनको पिीसीआर रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । जिल्ला जनस्वास्थ्यका एक अधिकारीले अनौपचारिक रुपमा क्वारेन्टाइन्मा रहेका पुरुषमा पीसीआर पोजेटिभ आएको सूचना पाएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्