नेपाली राजनीतिमा विदेशीको चलखेल व्यापक : कमल थापा

File Photo

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा विदेशीको चलखेल व्यापक भएको बताएका छन् । उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने आशंका पनि गरेका छन् ।

मंगलबार ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले विदेशीको चलखेलले ठीक बेठिक छुट्याउन पनि कठिन भएको बताएका छन् । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्रलाई उनले उदाहरणको रुपमा राखेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिकरबेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन् । जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्