अछामका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत – अछामका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार कर्णाली प्रदेशको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा अछामका ९ जनामा कोरोनाको पष्टि भएको हो । सुर्खेतका ११ र सल्यानका ११ जनामा पनि कोरोनाको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका– ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्