कर्णालीमा थप २९ जनामा कारोना संक्रमण पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड(१९)का संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९÷९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

यस्तै अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका– ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्