ला लिगा फुटबलको तयारिका लागि बार्सिलोनाले शुरु गर्यो सामूहिक प्रशिक्षण

काठमाडौं – स्पेनको बार्सिलोना क्लवबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी थप एक बर्ष बार्सिलोनासंगै आवद्ध रहने भएका छन् ।

अर्को बर्षको जुन ३० तारिखबाट क्लवसंगको करार सम्झौता सकिने भएकोले मेस्सीलाई अबको सिजन खेल्ने वा क्लव छोड्ने भन्ने दुई वटा विकल्प मध्ये एउटा छान्नु पर्ने छ ।

तर उनले थप एक बर्ष बार्सिलोनामा नै विताउन चाहेको संकेत गरेका छन् । स्पेनको ए डिभिजन क्लवहरुको शिर्ष लिग ला लिगाको विजेता बार्सिलोना पनि मेस्सीलाई गुमाउन चाहदैन ।

धेरै पटक उत्कृष्ट खेलाडीको सम्मान समेत पाइसकेका मेस्सीले हालसम्म ४७४ खेलमा सहभागिता जनाउदै ४३८ गोल गरेका छन् । यसैबीच मेस्सीको निरन्तरताको संकेत संगै बार्सिलोनाले सबै खेलाडीहरू सहभागी गराएर प्रशिक्षण शुरु गरेको छ ।

यहि जुनको ११ तारिखबाट शुरु हुन लागेको ला लिगाको खेलको तयारी गर्ने क्रममा क्लवले सामुहिक प्रशिक्षण प्रारम्भ गरेको हो । कोरोना भाइरसको महामारीका कारण खेल स्थगित हुनुपूर्व बार्सिलोना प्रतिस्पर्धि रियाल मड्रिड भन्दा दुई अंकले अगाडी रहदै अंक तालिकाको शिर्ष स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्