सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिनेको संख्या अरु दिनको भन्दा आज घट्यो, ४ हजार ७ सय भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या सोमबार अरु दिनकोभन्दा घटेको छ ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमबार ४ हजार ७०९ जना नेपाली भित्रिएका छन् । सोही नाकाबाट सात सय भन्दा बढी भारतीय नागरिक बाहिरिएका छन् ।

भारतका विभिन्न शहरबाट आएका सुदूरपश्चिमका नौ जिल्लालगायत पूर्वी नेपालका विभिन्न जिल्लाका उनीहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल भित्रिएका हुन् ।

जेठ २ गतेबाट खुला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रममा सोमबार भने केही सङ्ख्या घटेको छ । सीमा प्रवेशसँगै उनीहरूलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धार गरी क्वारेन्टाइनमा राखिएका छन् । रोजगारका लागि भारत गएका नेपाली लामो लकडाउनले खाना र बस्नका लागि समस्या आउन थालेपछि कोरोनाभन्दा पनि भोकले मरिन्छ कि भन्ने पीरले जोखिम मोलेर विभिन्न कष्ट झेल्दै नेपाल आउनुपरेको बाध्यता उनीहरू सुनाउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्