दैलेखको एक क्वारेन्टाइनमा राखिएका सबै नागरिक भागे

काठमाडौं – दैलेख सदरमुकामस्थित एक क्वारेन्टाइनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् ।

१०५ जनाको क्षमता भएको क्वारेन्टाइनमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् ।

दुई दिनअघि पुष्टि भएका १७ जनासमेत क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ । योसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या मात्रै ३४ पुगेको छ । यता प्रहरीले भने भाग्न खोज्नेलाई पुनः क्वारेन्टिनमै राखिएको बताएको छ ।

दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्